देवकोटाचोकमा रहेको देवकोटाको शालिकमा जिप ठोक्किएको हो । तीव्र गतिमा पूर्वबाट आइरहेको भे १ ज ८३२ नं. को जिप शालिकमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित ९ जना सवार थिए ।
घाइते ८ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका ट्राफिक नायव निरीक्षक विष्णु जिसीले बताए । उनीहरु पनि परिचय खुलेको छैन । जिपमा सवार यात्रुहरु तिर्थ गर्न गएर फर्किदै गरेको बुझिए पनि पुष्टी हुन नसकेको जिसीले बताए ।
फोटोः प्रकाश न्यौपाने ।
No comments:
Post a Comment