काठमाडौं १३ माघ । पछिल्लो समय सशस्त्रप्रहरी महानिरीक्षक दुर्ज कुमार राईले शसस्त्र भित्र गरेको हर्कतको पर्दाफास भएको छ ।
उनले आवश्यकता भन्दा वढी ११ वटा सरकारी गाडी दुरुपयोग गरेपछि शसस्त्रमा उनले गरेको हर्कतको पर्दाफास भएको हो ।
सशस्त्र प्रहरीका गण,गुल्म र विओपीमा गाडी सुविधा नहुदा काममा अवरोध हुने गरेको गुनासो आउने गरेपनि त्यसमा आईजिपी राईले सुनुवाई नगरेको सशस्त्र प्रहरी स्रोतले बतायो । आईजिपी राईले अफिसियल प्रयोजनको लागी भन्दै टोयटाको ८२६६ नम्वरको प्राडो गाडी, टोयटाकै ६०९१ नम्बरको क्याम्री गाडी र टोयटाकै ९१४२ र ९१९३ नम्वरको दुई वटा हिलुक्स गाडी अगुवा पछुवाको रुपमा प्रयोग गरेका छन् ।
सशस्त्र स्रोतका अनुसार राईले निजि प्रयोजनको लागी भन्दै अरु ६ वटा गाडी पनि आफैसंग राखेका छन् । राईले ८८४२ नम्वरको स्कारपियो जिप, ६६१३ नम्वरको टोयटा कार,५७७० र ११७२ नम्वरको दुई वटा महिन्द्रा सुभि,८८३६,८८३७ र ३७१३ नम्वरका तिन वटा इण्डिगो कार पनि निजी प्रयोजनका लागी भन्दै आफुले र आफन्तलाई बाडेको भेटिएको हो ।
आईजिपी राईले आवश्यकताभन्दा वढी सवारी सुविधा लिएको भन्दै शसस्त्रमा त्यसको आलोचना भएको छ । राईले आफु मात्र नभई सरकारी सुविधाको गाडी आफन्तलाई पनि दिएको खुलासा भएको छ ।
उनले आफ्ना भतिजा नाता पर्ने सुवास राईलाई समेत सरकारी गाडी उपलव्ध गराएका छन् । राईसहित परिवारका अन्य सदस्यलाई तिन वटा सरकारी गाडी उपलव्ध गराएको स्रोतले बतायो ।
‘गृहमन्त्री र प्रधानमन्त्रीले पाउने सुविधाभन्दा बढी शसस्त्रका आईजिपीले सवारी सुविधा लिएका छन् । मन्त्री र प्रधानमन्त्रीले सुविधा लिदा विरोध हुन्छ,तर यहा आईजिपीले नै ११ वटा गाडी सुविधा लिइरहदा सम्वन्धित निकाय चुपचाप छन् ।”
सशस्त्रका एक डिआईजीले भने । शसस्त्र प्रहरीका प्रवक्ता डिआईजी दिवाकर केसीले आईजिपीले आवश्यकताअनुसार नै गाडी सुविधा लिएको दावी गरे ।
‘उहालाई आवश्यकताभन्दा वढी सवारी साधन उपलव्ध गराएको मेरो जानकारीमा छैन,नियमले मिल्नेअनुसार नै उहाले सवारी साधन प्रयोग गरेको हुनुपर्छ । ’केसीले भने । मुलधारका अनुसार,यसअघि आईजिपी राईले गत वुधवार शसस्त्रको प्रिन्सीपल स्टाफ कमिटीको वैठक राखेर अवकासपछि पनि आफुले दुई वर्ष गाडी सुविधा पाउनुपर्ने भन्दै प्रस्ताव पारित गरेका थिए । आईजिपी राईले गाडी मात्र होईन आईजिपीको निवास समेत दुई ठाउमा बनाएका छन् ।
उनले सरकारी निवासको रुपमा स्वयम्भुमा रहेको शसस्त्रका आईजिपीको सरकारी आवास सरह नै कुलेश्वरस्थित आफ्नै निवासमा पनि झण्डा र गार्ड राखेर सरकारी निवास सरह नै वसिरहेका छन् । राई ३० वर्षे सेवाअवधीका कारण आगामी फागुन २ गते अनिवार्य अवकास पाउदैछन् ।
No comments:
Post a Comment