Tuesday, 17 January 2017

दीपकराज भन्छन् – म ताक्छु मुडो, बञ्चरो ताक्छ घुँडो

काठमाडौं, माघ ४ – छक्का पञ्जा प्रदर्शनको लागि भन्दै झण्डै एक महिनाको समय लिएर यूराप उडेका दीपक र दीपा बुधबार नेपाल फर्कने भएका छन् । चलचित्र पाइरेसी भएपछि यूरोपमा बस्नुको अर्थ नभएको र पाइरेसी कर्ताले गरेको आत्महत्याले यूरोप यात्रा झनै खल्लो भएको भन्दै दीपक र दीपा नेपाल फर्कन लागेका हुन् ।

छक्का पञ्जा पाईरेसी गर्ने युवाले आत्महत्या गरेपछि दीपका राज गिरीले अहिले फेसबुकमा धेरैको गाली खाइरहेका छन् । ८० प्रतिशत फेक आईडीबाट आफूले गाली खाएको दीपकले सोमबार स्पेनको बार्सिलोनामा आयोजित एक कार्यक्रममा बताएका छन् ।

नवलपरासीका कृष्ण सुवेदीले चावहिलस्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । दीपकमाथि कृष्णलाई बारम्बार टर्चर दिएको र टर्चर सहन नसकेर कृष्णले आत्महत्या गरेको आरोप कृष्णको परिवार र आफन्तले लगाएका छन् ।

त्यस्तै पाईरेसी प्रकरणबारे बोल्दै दीपकले भनेका छन्, ‘भाइहरुको जिन्दगी बर्बाद हुन्छ, साइवर क्राईममा परे भने उनीहरु विदेश जान पाउँदैनन् भनेर सचेत भएर उनीहरुलाई छाडिदियौँ । तर यहाँ त म ताक्छु मुडो, बञ्चरो ताक्छ घुँडो भनेझैँ भयो ।’



घटनाले मर्माहित भएका दीपकले नेपाल आएपछि सुवेदीको परिवालाई भेट्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘एक हप्तादेखि मलाई  धम्की दिएको अरोप लागेको छ तर एक हप्तादेखि म यूरोपमा नै थिएँ । मैलै धम्की दिएको भए कल डिटेल त हुन्छ । मलाई त्यो देखार्ई दिनुहोस् म सजाय भोग्न तयार छु’, दीपकले भनेका छन् । उज्यालो  को सहकार्य

No comments:

Post a Comment