मेक्सिकोका ५४ वर्षीय रोबर्टो इस्क्वीभेल काब्रेराले जीवनमा कहिल्यै सेक्सको मज्जा लिन पाएका छैनन् । कारण, उनको लिंग यति लामो छ कि कसैले आँट्नै सक्दैन । घुँडासम्म आउने १८.९ इन्चको लिंग बोकेर बाँचिरहेका रोबर्टोलाई कुनै दुःखमनाउ भने छैन । शल्यक्रिया गरेर उनको लिंग घटाउन सकिन्छ भनेर डाक्टरहरुले भनिरहेका छन्, तर उनी चाहँदैनन् । खासमा उनलाई गर्व छ ।
सन् २००९ मा आफ्नो लिंगको आधिकारिकता पुष्टी गर्ने क्रममा लम्बाई नापिरहेको उनको भिडियो इन्टरनेटमा भाइरल भएको थियो ।
उनको आधा मिटरको लिंगले यसअघि अमेरिकी अभिनेता जोना फाल्कोनको नाममा रहेको अनौपचारिक रेकर्ड -उत्तेजित अवस्थामा १३.५ इन्चको र सुषुप्त अवस्थामा ९.५ इन्चको) लाई सजिलै परास्त गरिदियो । तर गिनिज बुक अफ वल्र्ड रेकर्डमज्ञा सबैभन्दा लामो लिंगको विधा नभएकाले उनको रेकर्डले आधिकारिकता पाएको छैन ।
‘मलाई गिनिज बुकमा नाम लेखाउने ठूलो रहर छ, तर उनीहरुले यो रेकर्डलाई मान्यता दिएनन्,’ उनले बारक्रोफ्ट टेलिभिजनसँगको अन्तरवार्तामा भनेका छन्, ‘तै पनि म प्रख्यात भइसकेको छु । मेरो जत्रो लिंग विश्वमा कसैको छैन भनेर मलाई गर्व लाग्छ ।’
स्वास्थ्य क्षेत्रका थुप्रै व्यक्तिहरुले उनलाई लिंग छोट्याउन सुझाव दिँदै आएका छन् । डा. जेसस डेभिड सलाजर भन्छन्, ‘हामीले उनलाई बारम्बार भनेका छौं कि तिमी आफ्नो लिंग छोट्याएर सामान्य आकारमा ल्याउ ताकि यौनसम्पर्क गर्दा दुवैलाई कष्ट हुँदैन र तिमीले सन्तान उत्पादन गर्न सक्छौ । तर उनी मान्दैनन् ।’
कसरी यति लामो भयो त रोबर्टोको लिंग ?
उनले डाक्टरहरुलाई बताए अनुसार उनी किशोरावस्थादेखि नै आफ्नो लिंगमा गहु्रंगो वस्तु झुन्ड्याएर तन्काउने गर्थे । ‘लिंगको लम्बाईप्रति उनी संवेदनशील थिए । त्यसैले कलिलै उमेरदेखि आफ्नो लिंगको लम्बाई बढाउने अभ्यास गर्न थाले,’ डा. सलाजरले भने ।
अस्वभाविक आकारको लिंगले गर्दा रोबर्टोलाई अनेक समस्या झेल्नु परिरहेको छ । पिशाव राम्रोसँग ननिखि्रने भएकाले बारम्बार मुत्र संक्रमण हुने गर्छ । बाहिर नदेखियोस भनेर उनी आफ्नो लिंगलाई सँधै ब्यान्डेजले तिघ्रामा बाँध्ने गर्छन् । राति घोप्टो परेर सुत्न सक्दैनन् । लिंगकै कारणले उनी कतिपय कामहरु गर्न सक्दैनन् । सेक्सको कुरा त उनका लागि असम्भव प्राय छ । अनलाइन खबर बाट
No comments:
Post a Comment