इन्टरनेट मानिसहरुको लागि एउटा यस्तो माध्यम बनेको छ जसलाई आधार बनाएर हर कोही चर्चित बन्न चाहन्छ । तर इरानमा एक महिला बडी बिल्डरका लागि यो हानिकरक साबित भयो । शिरिन नोबाहरीले जिममा बनाएको आफ्नो सुगठित शरिर इन्स्टाग्राममा सार्वजनिक गर्ने बित्तिकै उनले जेलको हावा खानुपर्यो ।
शिरिन नोबाहरी एक बडि बिल्डर हुन् र उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग पनि लिइसकेकी छिन् । केही दिन अघि उनले आफ्ना फ्यानका लागि इन्स्टाग्राममा वर्कआउट गरिरहेको केही फोटो पोष्ट गरेकी थिइन् । फोटोमा उनले आफ्नो ‘मसल्स’ देखाएकी थिइन्तर इरानको गैर–इस्लामिक संगठनले यसलाई नग्नताको संज्ञा दिँदै उनलाई सजायँ सुनायो ।
इस्लामिक संगठनको तर्फबाट शिरिनमाथि यस्तो प्रकारको फोटो अपलोड गरेको आरोपमा ५० युरो लगभग ९ हजार रुपैयाँ जरिवाना लगायो । तर शिरिनसँग जरिवानाका लागि पैसा नभएकाले उनले जेल जानुपर्यो । स्मरण रहोस्, इरानमा महिलालाई अन्तर्राष्ट्रिय खेलमा भाग लिन मंजुरी दिइन्छ तर खेलमा भाग लिनेबेला उनीहरुले आफ्नो पूरा शरिर ढाक्नुपर्ने हुन्छ ।
No comments:
Post a Comment