Tuesday, 17 January 2017
उदयपुरमा भेटियो ३५ किलोको डरलाग्दो अजिंगर
माघ ४, २०७३ उदयपुर : दुर्लभ मानिने ३५ किलोको अजिंगर उदयपुरमा फेला परेको छ। रामपुर ठोक्स्लिास्थित माछापुच्छ्रे सामुदायिक वनमा अन्दाजी ३५ किलोको अंजिंगर फेला परेको जिल्ला वन कार्यालय बोक्सेले जनाएको छ। सामुदायिक वनको मध्यभागमा सखुवा जातको रुखको फेदमा जराको भित्री ओडारमा उक्त अजिंगर फेला परेको जिल्ला वन कार्यालयका वन अधिकृत लालबाबु यादवले बताए। ‘माछापुच्छ्रे सामुदायिक वनका वन हेरालु नन्दलाल घिमिरेले देखेर वन कार्यालयलाई खबर गरेका थिए,’ यादवले भने,‘वन कार्यालयको एक टोलीले त्यसलाई बिस्तृत अध्ययन गरी बेलकातरी राष्ट्रिय वनमा पुर्नस्थापित गरिएको छ।’ उक्त अजिंगरको लम्बाई, चौडाई, र तौलको बारेमा अध्ययन गर्न जिल्ला वन कार्यालयको टोली रामपुर ठोक्सिला गएको यादवले बताए। -
Labels:
Amazing
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment