तामाङ समुदायले सोनम ल्होछार मनाउँदैछ। ल्होछार तामाङ समुदायको नयाँ वर्ष हो। शनिवार २८५३ औं ल्होछार मनाइन लागेको हो। पात्रोअनुसार बाँदर वर्षलाई विदाइ गरी ज्या ल्हो\चरा वर्ष शुरु भएको हो ।
सोनम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविध संस्कृति तथा परम्परा नेपालीको पुँजी भएको बताएका छन्। उनले सबै जातजातिका संस्कृति तथा परम्पराको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताएका छन्।
‘संविधानको सर्वस्वीकार्यता बढाएर त्यसका कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै भाषा धर्म समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यक्ता हो’, उनको सन्देशमा भनिएको छ। सरकार संवाद र सहकार्यको आधारमा लक्ष्य हासिल गर्न प्रयत्नशील रहेको पनि प्रधानमन्त्री दाहालले जनाएका छन्
No comments:
Post a Comment