काठमाडौं, १६ माघ । मानिसलाई झुक्याएर ठगी गर्ने दुई जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।
प्रहरीले सर्लाही हरिवन स्थायी घर भई हाल काठमाडौं–३५ सनसिटी आपर्टमेन्टमा बस्ने २० वर्षीया अस्मिता घिमिरे र भारतको नयाँ दिल्ली घर भई सनसिटी अपार्टमेन्टमै बस्दै आएका ३४ वर्षीय विकास द्धिवेदीलाई पक्राउ गरेको डीएसपी ईश्वर कार्कीले बताए ।
उनीहरुले एक कम्पनीमा काम गर्ने सुवर्ण अवसर भन्दै मासिक ६ लाख रुपैयाँ कमाई हुने भनेर एक राष्ट्रिय पत्रिकामा विज्ञापन छपाएका थिए ।
उनीहरुले विज्ञापनमार्फत उनीहरुको सम्पर्कमा पुगेका विभिन्न आठ जनाबाट प्रतिव्यक्ति ५ लाख ६० हजार रुपैयाँका दरले १ करोड ३५ लाख रुपैयाँ ठगी गरेका थिए ।
घिमिरेले ललितपुर बालकुमारी खरिबोटमा सञ्चालन गरेको भि–इन्फोटेक प्रालिमार्फत एक कम्पनीमा कर्मचारी आवश्यकताबारे विज्ञापन गरेका थिए ।
जसमा प्रति महिना ६ लाख रुपैययाँसम्म कमाई हुने ११ महिनाको बैंक ग्यारेन्टीका साथै शाखा बिस्तार गरिने समेत लेखिएको थियो ।
No comments:
Post a Comment