काठमाण्डौं,४ माघ । वीपी कोइरालाले हाँकेको नेपाली कांग्रेस, जीपी, सुशील कोइरालापछि कोइराला नेतृत्व विहीन हुनपुगेको छ ।
छन त छन्– सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला कांग्रेसभित्रै छन् र प्रभावशाली पनि छन् । तर नेतृत्व हत्याउन सक्ने हैसितमा देखिदैनन् । यद्यपि सशांक कोइराला कांग्रेसका निर्वाचित महामन्त्री बनेका छन् ।
नेपाली कांग्रेसभित्र कोइरालावाद समाप्त भएकै हो त ? यो गम्भीर प्रश्न हो । वीपीवादीहरुका लागि त अहं प्रश्न बनेको छ ।
सुजाता कोइरालाको कांग्रेसी राजनीति सकियो भन्दा पनि हुन्छ । किनभने उनी निर्वाचन जित्न सकिनन्, क्यान्सर पीडित भइन् र सरकारबाट लिएको ५० लाखले जनमानसमा बदनाम बनेकी छिन् र उनको राजनीति आधार पनि बलियो छैन ।
शेखर कोइराला आफै नेतृत्व लिने तरिकाले अघि बढेका छैनन् । उनी सुशील कोइराला हुँदैदेखि शेरबहादुर देउवा प्यानलमा पसेर देउवा पक्षीय बनेका हुन् ।
उनले कांग्रेसभित्र वीपीवाद अघि बढाउनु पर्छ भन्ने विचारको संरक्षण गरेका पनि छैनन् । यसकारण कांग्रेस पार्टीभित्र शेखर कोइराला कोइरालावादी रहेनन् ।
रह्यो सवाल सशांक कोइरालाको । सशांक निर्वाचित सांसद र पार्टी महामन्त्री पनि हुन् । सशांक वीपीवादले मात्र पार्टी र मुुलुकको कल्याण हुनसक्ने वैचारिक धरातलमा उभिएका भेटिन्छन् ।
उनी हिन्दूधर्मको वकालत पनि गरिरहेका छन् । वीपी राजतन्त्र र प्रजातन्त्र साथसाथै अघि बढाएमात्र नेपालको हक र हित हुने सिद्धान्तमा थिए र सशांक कोइराला पनि त्यही सिद्धान्तका पक्षपाती बनेका छन् ।
तर, खुलेर अघि बढ्न नसक्दा सशांक पनि अन्यौलमै छन्, वातावरणले उनलाई साथ दिएन भन्ने देखिन्छ ।
जेहोस्, सशांक कोइराला मौका पाए कि वीपीवादलाई अघि बढाउन तैयार देखिन्छन् । तर, कांग्रेसमा कोइरालाको उदय हुन अझै लामो समय पर्खनुपर्ने स्थिति छ ।
कांग्रेस :कोइरालावाद सकिएकै हो त कांग्रेसजनहरु बिच चर्चा निकै नै चलेको छ ।
No comments:
Post a Comment